बाख्रा पालन

बाख्रा पालन

व्यबसायिक बाख्रा पालनमा रोग नियन्त्रण

व्यबसायिक बाख्रा पालनमा प्रभाबकारी रोग नियन्त्रणको भुमिका धेरै महत्वपुर्ण छ । हाम्रो देश नेपालमा व्यबसायिक बाख्रा पालनमा रोग नियन्त्रण गर्न निम्न कुराहरुमा ध्यान दिन जरुरी छ पाठापाठी जन्मेको ६ घण्टा भित्र उनीहरुलाई आफ्नो माउको बिगौती दुध चुसाउनु पर्छ । बिगौती दुध दिनको ३ देखि ४ चोटी २।३ दिन सम्म चुसाई राख्नु पर्दछ । बिगौती दुधमा खासगरी आन्द्रमा लाग्न सक्ने रोगहरु सित लड्न सक्ने क्षमता भएको प्रोटिन हुन्छ र पाठापाठीले यो प्रोटिन जस्ताको तस्तै आफ्नो शरिरमा सोस्न सक्छन् ।
 यदि धेरै पाठापाठी सगै पालिएका छन् भने जन्मेको १महिना देखी ५ महिनाको उमेर सम्म दानामा कक्सीडियोसिस् बिरुद्ध को औषधि मिसाएर दानामा खुवाउनु पर्दछ । औषधि मिसाएको दाना एक हप्ता र नमिसाएको दाना १ हप्ता पालैपालो गरी खुवाउदा रोग बिरुद्ध प्रतिरोधात्मक क्षमताको बिकास हुने सम्भावना राम्रो हुन्छ ।
 यदि पाठापाठीहरु बर्षादको मौसममा चरनमा जान्छन् भने यिनिहरुलाई पेटको जुकाले समस्या गर्न सक्छ , यस कारण जेठ असार देखी असोज कार्तिक सम्म हरेक महिना ३० दिनको फरकमा जुगा बिरुद्ध प्रभावकारी औषधि अबश्य खुवाउनु पर्दछ ।
 ३ महिनाको उमेर पछि हरेक पाठपाठीलाई र यदि पहिले नलगाएको सबै बाख्राहरुलाई पि.पि.आर. बिरुद्ध खोप दिनु पर्दछ ।
 २ देखी ३ महिनाको उमेर पछि पाठापाठीलाई ईन्टेरोटक्सीमिया बिरुद्ध खोप दिनु पर्छ । यो खोप एक महिना पछि फेरी दाहोरु्याउनु पर्छ । त्यस पछि प्रत्येक ६।६ महिनाको फरकमा दिनु पदर्छ ।
 तुहाएको बाख्रालाई बथानका हरु बाख्राहरुबाट २।३ महिना छुटाएर राख्नु पर्छ र भरसक यिनिहरुलाई बथानमा मिसाउनु हुदेन । तुहाउने बाख्राको उम्रो तुहाएको पाठापाठी झोलहरुबाट नै निरोगी बाख्रामा तुहिने रोग सर्दछ । यसकारण यी कुराहरुलाई भरसक पोली दिनु पर्छ वा गहिरो गरेर गाडी दिनु पर्छ ।
 यदि बथानमा तुहाउने समस्या पसि सकेको छ भने र यदि सो रोग क्लाईमेडिया र ब्रुसेल्ला बाट भएको हो भने यी रोगहरु बिरुद्ध खोपहरु उपलव्ध छन् र सबै माउ बाख्राहरुलाई खोप दिनु पर्छ ।
 अर्को बथान बाट बाख्राहरु किनेर ल्याएमा तुरुन्तै आफ्नो बथाानमा मिसाउनु हुदैन । किनेर ल्याएको कमसेकम ३ हप्ता सम्म यिनिहरुलाई अलग्गै राख्नु पर्छ र कतै केही रोगका लक्षण त देखिएन भनि बिचार गर्नु पर्छ । बथानमा मिसाउनु भन्दा पहिले यिनिहरुलाई पेटका जुका बिरुद्ध प्रभावकारी औषधि तोकिएको मात्रामा खुवाउनु पर्दछ ।
 अर्को बथान या क्षेत्र बाट बाख्रा किनेर ल्याउनु भन्दा पहिले सो बथान, क्षेत्रका बाख्रामा केही खास रोग त छैन भनि निक्र्यौल गरेर मात्र ल्याउनु पर्छ । नत्र सुधारको सटृा बिनास निम्त्याउने संभावना बढि हुन्छ ।
 हाम्रो देशमा भेडा बाख्रामा फैलिएको खुर कुहिने रोग (फुटरट) तथा पि.पि.आर. रोगको संक्रमण हामीले यो साबधानी नलिएको प्रत्यक्ष उदाहरण हो
 उपरोक्त साबधानीहरु अपनाएमाल धेरै हद सम्म बाख्रामा लाग्न सक्ने रोगहरुलाई रोकथाम गनर्ज सकिन्छ ।

आयमूलक वाख्रा पालन व्यवसायका लागि दश वुदे प्रविधि

१. बथान ठिक्कको राख्नु पर्छ ।
 आप्mनो आर्थिक क्षमता अनुसार
 घांस तथा चरन क्षेत्रको उपलव्धता हेरी
 गोठ तथा ज्यामीको व्यवस्था कस्तो छ , विचारपु–याई ।
 बजार व्यवस्थाकस्तो छ , विचारपु–याई ।
२. ठाउं अनुसार उपयुतm गोठ तथा व्यवस्थापन गर्नुपर्छ ।
 गोठ वनाउदां ओभानो अलिकति उठेको जमिन छान्नुपर्छ ।
 वाख्राको लागि पर्याप्त ठाउं (१ देखि २.५ वर्ग मिटर–वाख्राको जातहेरी) दिनु पर्छ ।
 गोठमा ठाउं हेरी (तराई र पहाड) टांड बनाउनु ( ९०.० से.मी.जमीनवाट माथि) र ओभानो राख्नुपर्छ ।
 दाना,घांसखाने डुड तथा टाटनो ठांउ अनुसार (तराई,पहाड र हिमालको लागि अलग अलग किसिमको) बनाउनुपर्छ ।
 बोका,माऊ,पाठापाठी र विरामी वाख्रालाई अलग राख्नुपर्छ ।
३ उत्पादन क्षमताको जानकारी लिदै काम गर्नुपर्छ ।
 वाख्राको दूध तथा मासु उत्पादन क्षमता थाहा पाउन रेकर्ड राख्नुपर्छ ।
 प्रत्येक वाख्राको उत्पादन क्षमताको मूल्यांकन गर्नुपर्छ ।
 उत्पादन कम दिने वाख्रा समयमा नै हटाउनु पर्छ ।
४. आहारामा सुधार ल्याउनुर्छ ।
 वाख्राको शारिरीक अवस्था (थारो,व्याउने,लैनो,पाठापाठी र वोको आदि)हेरी घांस तथा सन्तुलित दाना ( स्थानीय सामग्रीवाट वनेको सस्तो) दिनुपर्छ ।
 कोषेवाली र अन्न वालीको उपउत्पादनहरु ( मकै, गहुं, धान, आदिको चोकर प्रयोग गर्ने गरी सस्तो दाना तयार पार्नु पर्छ ।
 बथानलाई सफा पानी पिउन दिनुपर्छ ।
 समय समयमा मिनरल चाट्न दिनुपर्छ ।
५. आप्mनै खेतवारीमा डाले घांस लगाउनुपर्छ ।
 आफैले उत्पादन गरेको घांस तथा दानाको उपयोगले नै वाख्रापालन व्यवसायवाट वढी फाइदा लिन सकिन्छ भन्ने कुरा सम्झेर काम गर्नुपर्छ ।
 बर्षभरीनै डाले घांस उत्पादन हुने गरी ठाउं सुहाउदो डाले घांस लगाउनु पर्छ ।
 घांस तथा डाले घांस काटने उपयुतm समय पत्ता लगाई सोही वमोजिम घांस काटनुपर्छ ।
 नियन्त्रीत चरन गरी चरन क्षेत्रको सुरक्षा गर्नुपर्छ ।
६. पशु स्वास्थ्यमा ख्याल पु–याउनुपर्छ ः
 आन्तरिक तथा वाह्य परजीवी नियन्त्रण (वर्षको तीन पटक वैशाख, भाद्र, पुषमा) डेन्चीé, भ्याक्सिनेसन तथा उपचार (आवश्यकतानुसार) गर्नु पर्छ ।
 दूधको लागि पालिएका बाख्राको कल्चौंडामा थुनेलोले वढी दुख दिने भएकोले सुरक्षित दुध दिने सफा तरिका अपनाउनु पर्छ ।
 साधारण औषधिहरु जस्तै पेट फुलेको ज्वरो आएको, जुम्रा, उपियां आदिमा प्रयोग गरीने विषाधि तथा औषधीहरु जस्तै टिम्पोल, नेवलोन, हिम्याक्स, टेरामाईसिन ट्यावलेट, डिस्टोडिन, पानाकुर, नियोसिडल तथा नोटिक्स आदि आफै संग राख्नुपर्छ ।
 रोग पहिचान गरी उपचार गर्न सकेमामात्र वाख्राका बथान स्वास्थ्य हुने भएकोले स्थानीय पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिक संग आवश्यक सरसल्लाहका लागि सधै सम्पर्कमा रहनुपर्छ ।
 रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हुन्छ भन्ने सम्झदै सोही वमोजिम कार्य गर्नुपर्छ ।
७. बाख्रामा प्रजनन पद्धतिको उपयोग गर्नु पर्छ ।
 राम्रो उत्पादन गुण भएका वाख्रा छान्ने (१२ महिनाको उमेरका वढी तौल भएको ) र नराम्रो गुण भएका वाख्रालाई छाटने निती तय गरी प्रतिवेत कति पाठापाठी पाउने आदि) छनौट र छटनी कार्य गर्नु पर्छ ।
 छनौट गर्दा आर्थिक दृष्टिकोणले महत्पपूर्ण गुणहरु दुधको लागि पालिएका वाख्रा छनौट गर्दा कल्चौडो र दुधदिन सक्ने क्षमता भएको, मासुको लागि छान्दा मोटो गर्धन भएको १५ देखि १८ महिनाको उमेर सम्म राम्रो वृद्धिदर भएकालाई आधार मानेर छनौट गर्नु पर्दछ ।
८.बीऊ राम्रो त बाली राम्रो भन्ने उखान विर्सनु हुन्नः ः
 प्रजननका लागि वोका छान्दा राम्रो उत्पादनक्षमता भएको (वढी दुध दिने, छिटोवढने, जातिय शुद्धता आदि) माउःवाट जन्मिएका वोका छान्नुपर्छ ।
 निरोगी र प्रजनन क्षमता राम्रो भएका वयस्क वोका मात्र प्रजनन कार्यमा प्रयोग गर्नु पर्छ ।
९. स्वास्थ्य र आर्थिक लाभ हुने पाठापाठी पालन विधिको सधै अभ्यास गर्नु पर्छ ।
 पाठापाठी हुर्काउदां शुरु देखि अन्त सम्म सरसफाईको व्यवस्था गर्न विर्सनु हुदैन ।
 पाठापाठी वढदै गए अनुसार दानाको व्यवस्था गर्नु र दुध छुटाई सकेपछि (१२० दिन पछि आहारामा खास ध्यान दिन ुपर्छ, जसले गर्दा दुध छुटाए पछि हुनु पर्ने शारीरिक वृद्धि दरमा कमी नआओस ।
 घरमा पाल्न राखिने पाठापाठीहरु (२० प्रतिशत) असल गुण भएका छानेर र।ाख्नु पर्छ ।
 बथानमा राख्न छुट्याएर वांकी वसेका पाठाहरु पोषिलो दानाको अवस्था गरी व्रोइलर कुखुरा जस्तो पाली मासुकोलागि वेच्नु पर्छ तर सस्तो दाना खुवाउन विर्सनुहुन्न ।
१०. सामुदायीक चरन क्षेत्र सस्तो वाख्रापानका लागि महत्वपुर्ण श्रोत हो भन्ने सम्झी काम गर्नु पर्छ ।
 वन चरन संरक्षण गर्न सधै सामुदायीक रुपमा कार्य गर्नु पर्छ ।