जिवाणु वाट लाग्ने रोगहरु

जिवाणु वाट लाग्ने रोगहरु

भ्यागुते

यो रोग ले धेरै पशुहरुको मृत्यू हुने गर्छ ।
कारण ः — जिवाणु ९द्यबअतभचष्ब ०
विर्सन नहुने ः — वर्षा याममा फैलिने गर्छ ।
प्रवाभित ः — सवै पशु जातहरु
लक्षण
 ज्वरो आउने,घ्यार घ्यार आवाज आउने गरि सास
फेर्ने
 नाकवाट सिंगान झर्ने,रोगले च्याप्दै लगेपछी घाँटी
सुनि
 छेर्ने ८ — ७२ घन्टा भित्र मर्ने
उपचार ः —
 शुरुको अवस्थामा सल्फा ग्रुपको औषधि प्रयोग
 गर्ने एन्टीवायोटिक औषधि प्रयोग गर्ने ।
रोकथाम ः —
 वर्षा शुरु अगाडी र हिउद शुरु अगाडी ६÷६
 महिनामा खोप लगाउने ।

चरचरे
यो रोग फाट्फुट्ट रुपमा देखा परे पनि धेरै आर्थिक नोक्सान पुर्याउछ ।
कारण ः — जिवाणु ९द्यबअतभचष्ब ०
विर्सन नहुने ः — जहा मासुको राम्रो विकास भएको ठाँउ जस्तै पुठो,घाँटी मा सुनिएको ठाँउमा थिच्दा चरचर आवाज आउछ ।
प्रवाभित ः — गाई,भैसि ( विषेश हृष्ट पुष्ट नव
वयस्क समुह)
लक्षण ः —
 धेरै मासु भएको भाग सुनिने
 छाम्दा चरचर आवाज आउने
 सुनिएको भागमा छाम्दा चिसो हुने
 १२ — ४८ घन्टा भित्र मर्ने
उपचार ः —
पेनिसिलिन ग्रुपको औषधि प्रयोग गर्नेसुनिएको
भागमा चिर्ने र टिन्चर आयोडीन लगाई दिने
थुनेला
यो रोग पोथी जातका पशुहरुमा लाग्छ
कारण ः — विभिन्न ।
विर्सन नहुने ः — सवै प्रकारका पोथी पशहरुमा
देखिने भएता पनी दुधको लागी गाई,भैसिको
महत्व वढी हुन्छ ।
प्रवाभित ः — पोथी जातका सवै पशुहरुमा जुनसुकै
वेतमा पनी लाग्न सक्ने भएतापनी
पहिलो वेतमा वढी देखा पर्छ
लक्षण ः —
 थुन मोटो सुनिएको हुन्छ । छुदाँ तातो र
दुखेको अनुभव गर्छ ।
 दुहुदा लात्ताले हान्न खोज्ने ।
 एउटा वा सवै थुन प्रभावित हुन सक्छ ।
 रोगका रोगाणुको प्रकृति अनुसार दुधको रंग
र स्वरुपमा परिर्वतन देखिन्छ ।
दुहेको दुधमा छोक्रा भेटिन सकिन्छ ।
उपचार ः —
रोगाणुसार प्रभावकारी एन्टीवायोटिक औषधिहरु प्रयोग निश्चीत समय सम्म उपचार गर्नु पर्छ ।
रोकथाम ः — गोठ÷खोर ,दुध दुहने भाडो,दुहने व्यतिmको हात नङ,मा विशेष सरसफाईमा ध्यान दिनु जरुरी छ ।
पटक
यो रोग सवै जातका पशुहरुमा जुन सुकै समयमा पनि लाग्छ ।
कारण ः — जिवाणु ९द्यबअतभचष्ब ०
विर्सन नहुने ः — अकस्मात जनावर मर्छ ।
शरिरको प्राकृतिक द्धारवाट नजम्ने चकलेट
रंगको रगत वग्छ ।
प्रवाभित ः — सवै जातका पशुहरु
उपचार ः — प्राय सम्भव छैन । तर शुरुको अवस्थामा तुरुन्तै धेरैमात्रामा पेनिसिलीनको सुई दिन सकिन्छ ।
रोकथाम ः —
Þरोग देखा पर्ने क्षेत्रमा यस रोग विरुद्ध खोप लगाउने ।मरेको जनावर गाड्दा फ्याक्दा हासियार अपनाउनु पर्छ ।सिनो जंगली जनावर तथा कुकुरले खोतल्न नपाउने गरी खाडल मा गाडी दिने । लसपस भएका सोत्तर आदी जलाउने वा गाड्ने ।